जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या, पाँचजना पक्राउ
धनुषा । जनकपुरधामका दुई युवकको अपहरण गरेर भारतमा हत्या गरिएको छ । उपमहानगरपालिका वडा नम्बर ८ र १३ का ति युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको हो ।
२२ वर्षीय रोहित साह तथा २३ वर्षीय विष्णु साहको भारतमा हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अनुसन्धानका लागि भारत पुगेका धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेका हुन् ।
दुवै शव पोस्टमार्टम गरेर आज बेलुका परिवारको जिम्मा लगाउने तयारी छ । रोहित र विष्णु छिमेकी र मिल्ने साथी थिए । पुस २७ गते दुवै जना रोहितको मामाघर भारतको परिहार जान घरबाट निस्केका थिए । तर बिच बाटोबाटै उनीहरु अपहरणमा परेका थिए । दुवैलाई भारततर्फ छिरेपछि अपहरण गरिएको परिवारले अनुमान गरेको छ । उनीहरुको शव हेर्दा केही दिन अघि नै हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
अपहरणकारीले परिवारका सदस्यलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको परिवारले जनाएको छ । अपहरणकारीले विष्णुका बुबालाई कहिले कहाँ कहिले कहाँ बोलाउने तर आफूहरु नआउने गरेर दुखस् दिइरहेका थिए ।
पटक(पटक भनेको ठाउँमा रकम बोकेर जाँदा पनि अपहरणकारी नआएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरी भारतमै पुगेर दुवैलाई मृत अवस्थामा फेला पारेको हो । विष्णुको परिवारमा बाजे रामकिशोर, बुबा रामबाबु, आमा, श्रीमती तथा ३ वर्षीया एक छोरी छन् भने रोहित अविवाहित हुन् ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो । संयुक्त प्रहरी टोलीले उनीहरुलाई राखिएको हुन सक्ने सम्भावित स्थानमा छापा मारेका थिए । घटनाको अनुसन्धानका क्रममा नेपालका दुई तथा भारतका तीन गरी पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फिरौतीका लागि गरेको टेलिफोन नम्बरका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


