अभिनेत्री रविना टण्डनकी छोरी फिल्ममा डेब्यु गर्दै
एजेन्सी । भारतीय अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी चाँडै नै बलिउडमा डेब्यु गर्ने भएकी छन् । १७ वर्षीया राशा निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् ।
उनीसँगै अजय देवगनका भतिजा अमन देवगन पनि यो फिल्ममार्फत बलिउडमा प्रवेश गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिषेक कपुरले यो प्रोजेक्टमा काम सुरु गरिसकेका छन् ।
यद्यपि फिल्मको नाम भने फाइनल भइसकेको छैन । यो फिल्ममा अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । फिल्मको कथासँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो फिल्मको छायाङ्कन यसै वर्ष सुरु हुनेछ ।
अभिषेकले अहिलेसम्म सुशान्त सिंह राजपूत, फरहान अख्तर, राजकुमार राव, सारा अलि खान जस्ता धेरै सेलेब्सलाई लञ्च गरिसकेका छन् । यस्तो अवस्थामा राशा र अमनको सुरुवात निकै बलियो हुने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


