वैकल्पिक राजनीति आवश्यक : डा भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन–२०७९ मा सम्बोधन गर्दै डा भट्टराईले सीमित जाति र परिवारले मात्र शासन जबसम्म गर्छन् भने त्यतिबेलासम्म देश विकास पनि नहुने तर्क गरे । “जनताले न्याय पनि पाउँदैनन् । सबैका निम्ति लोकतन्त्र चाहिन्छ, अवश्यक छ ।” उनले भने, “जब १८७७ मा लखन थापाहरूले विद्रोह गरेर जब उनी शहीद बने । सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाए त्यसलाई म एउटा विन्दु मान्दछु । नेपाली जनताले लोकतन्त्रका निम्ति लडेको लडाइँ हो त्यो । नेपाली जनताले लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई स्थापित गर्ने काम नेपालमा जब गरेको थियो, दोस्रो चरण त्यसलाई मानिन्छ ।”
डा भट्टराईले जनतालाई अधिकार सम्पन्न बनाएपछि जनताको सहभागिता राज्यमा र राज्यका साधनस्रोतमाथि भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यताअनुसार हामी अहिले तेस्रो चरणमा रहेको बताए । उनले त्यसकारण नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने होइन, पुराना पुस्ताबाट सिक्नुपर्ने बताए ।
उनले संस्थागत र मजबुद बनाउने सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताए । डा भट्टराईले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने प्र्रणाली लागू गर्न सबै लागिपर्न आवश्यक रहेको बताए ।
नेकपा (एकीकृत समाजवादी) पार्टी सचिवालय सदस्य घनश्याम भुसालले राजनीतिमा कुनै नेता र पार्टी बदनाम भएमा अर्थतन्त्र त्यहा आइपुग्ने खालका समस्याले दुःख दिएको बताए । उनले मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेका कारण आफू अनुकूलको चाहँदा देश गलत बाटोमा जाने भन्दै राजनीति र अर्थतन्त्र एक ठाउँमा आएपछि नेपालको जस्तो लोकतन्त्रलाई कमजोर बनाउने बताए ।
नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशलाई माया गर्ने पाँच प्रतिशत जनता एक ठाउँमा बसेर नयाँ ढङ्गबाट देशलाई अगाडि बढाउनुपर्ने बताए । उनले आफू राजनीतिभन्दा पनि समाजसेवा गर्न अघि बढेको भन्दै मौका नपाएर इमान्दार बन्नेहरुको ख्याल गर्दै समय र युवा पुस्ताअनुसार हामी परिवर्तन हुनुपर्ने बताए ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


