रवि लामिछाने चुनाव लड्न आँतुर
काठमाडौं । सत्ता साझेदार दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा चाँडै उपनिर्वाचन गराउनेबारे छलफल भएको छ । संयन्त्रको बैठकमा सहभागी रास्वपाका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचन कहिले हुन्छ रु भनेर चासो राखेका थिए ।
सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसबारेमा निर्वाचन आयोगसँग छलफल गरिसकेकोले चाँडै निर्णय लिईने जानकारी गराएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । ०७९ मंसिर ४ को निर्वाचनमा लामिछाने चितवन–२ बाट अत्यधिक बहुमतले विजयी भएका थिए ।
तर, नागरिकतासम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाले उनी सांसद बन्न अयोग्य रहेको ठहर गरेको थियो । सर्वोच्चको फैसलापछि उनी सांसद पदबाट मुक्त भएका छन् । हिजोमात्रै उनी चितवनका विभिन्न कार्यक्रममा सरिक भएर काठमाडौं फर्किएका हुन् । रास्वपाले उपनिर्वाचनलाई लक्षित गरेर सो क्षेत्रमा राजनीतिक सक्रियता बढाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


