विनायक चतुर्थीमा अपनाउनुस् यी उपाय, चम्किनेछ तपाईको भाग्य
एजेन्सी । विनायक चतुर्थी व्रत प्रत्येक महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा मनाइन्छ । फाल्गुन विनायक चतुर्थी फेबरली २३ बिहिबार परेको छ । विनायक चतुर्थी व्रतले सबै मनोकामना पूरा गर्ने र सबै दुःखको नाश गर्ने मानिन्छ ।
विनायक चतुर्थी व्रतको महत्व
सामान्यतया यो व्रत हरेक महिना मनाइन्छ । विनायक चतुर्थीलाई वरद विनायक चतुर्थी पनि भनिन्छ । तर भाद्रपद महिनामा आउने विनायक चतुर्थीलाई गणेश चतुर्थी भनिन्छ । यस दिन विश्वभरका हिन्दू समाजले गणेशको जन्मजयन्ती मनाउने गर्दछन् ।
विनायक चतुर्थी व्रत बस्ने भक्तजनलाई भगवानले बुद्धि र धैर्य प्रदान गर्ने जनविश्वास रहेको छ । यो व्रत गर्नाले भक्तको सन्तान बौद्धिक हुने, स्मरणशक्तिमा बृद्धि हुनुका साथै मानसिक विकासमा गति लिने विश्वास पनि छ ।
विनायक चतुर्थी पूजा विधि
बिहान सबेरै उठ्ने, नुहाउने र व्रत गर्ने । गंगाको जलले पूजास्थल पवित्र बनाउनुहोस् र गणेशलाई आसन दिनुहोस् । विनायकलाई पहेँलो फूलको माला चढाउनुहोस्, धूप, दीप, नैवेद्य, अक्षत र दुर्वा चढाउनुहोस् । व्रत कथा पढेर मोदक र लड्डू चढाउनुहोस् र विनायकको आरती गर्नुहोस् । राति चन्द्रमालाई अर्घ्य दिएर ब्राह्मणलाई दक्षिणा दिएर व्रत तोड्नुस् ।
विनायक चतुर्थी व्रतको उपाय
यस दिन सबैले व्रत बस्ने भए पनि व्रत बस्न नसक्नेले आफ्नो क्षमता अनुसार गरिबलाई दान गर्नुपर्छ । भगवान गणेशलाई लड्डू र गुड़ चढाएर गरिबमा बाँडिनुपर्छ ।
घरमा आक पीपल, नीमको गणेशको मूर्ति स्थापना गर्दा घरमा सकारात्मक उर्जा आउँछ । धन सम्पतिमा पनि बृद्धि हुने देखिन्छ । मनोकामना पूरा गर्न विनायक चतुर्थीमा ॐ गणपतये नमः मन्त्रको जप गर्दै गणेशलाई २१ वटा दुर्वा चढाउनुपर्छ ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


