डाक्टरले शल्यक्रिया गर्दा किन हरियो रङको लुगा लगाउँछन् ?
एजेन्सी । तपाईले प्रायः देख्नु भएको छ कि शल्यक्रिया गर्नु अघि, कुनै पनि डाक्टरले हरियो कपडा लगाएको देखिन्छ । कहिले काहीँ सर्जनले पनि नीलो रङको कपडा लगाउँछन् तर डाक्टरले रातो पहेँलो लुगा लगाएर शल्यक्रिया गरेको विरलै देख्नु भएको होला । कहिले काहीँ तपाइको मनमा प्रश्न उठेको होला कि यस्तो किन हुन्छ ? आउनुहोस् जानौं :
तपाईंले याद गर्नु भएको छ कि जब तपाईं उज्यालो भएको ठाउँबाट आउनुहुन्छ र घरमा प्रवेश गर्नुहुन्छ, तपाईंको आँखा अगाडि अँध्यारो हुन्छ । यस्तो अवस्थामा हरियो वा नीलो रंगको सम्पर्कमा आयो भने राहत मिल्छ । अपरेसन थिएटरमा डाक्टरको अवस्था पनि त्यस्तै हुन्छ ।
हरियो र निलो रङ रातो रङको विपरीत हुने र शल्यक्रिया गर्दा शल्यचिकित्सकको ध्यान रातो रङमा मात्रै केन्द्रित हुने गर्छ । कपडाको हरियो र नीलो रंगले सर्जनको हेर्ने क्षमता मात्र बढाउँदैन, उसलाई रातो रङ प्रति बढी संवेदनशील बनाउँछ ।
पहिले थियो सेतो लुगा लगाउने चलन
डाक्टरहरूले निलो वा हरियो कपडा लगाउने चलन सुरुदेखि नै हो भन्ने होइन । मिडिया रिपोर्टका अनुसार पहिले डाक्टर र अस्पतालका सबै कर्मचारीले सेतो लुगा लगाउने गर्थे । तर सन् १९१४ मा एक डाक्टरले यसलाई हरियो बनाए । त्यसबेलादेखि यो ड्रेस कोड एक चलन बन्यो । आजकल कतिपय डाक्टरहरूले पनि नीलो रङको लुगा लगाउँछन् ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


