Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, १७
तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगियो

काठमाडौं । अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीन वटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए ।

सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी ९भर्टिकल सेप्रेसन० कायम गरी अवतरणको पालो कुरिरहेका थिए ।

होल्डमा रहेका जहाजमध्ये बुद्ध एयरको जहाज ११ हजार पाँच सय फिटमा, नेपाल वायुसेवा निगमको जहाज १२ हजार पाँच सय फिटमा र कतार एयरवेजको जहाज १३ हजार पाँच सय फिटमा रहेका थिए । पहिलो अवतरण गर्ने पालो बुद्व एयरको थियो ।

विमानस्थलमा रहेका एटीसी ९एयर ट्राफिक कन्ट्रोलर०ले अवतरणको अनुमति कसैलाई दिएको थिएन । अवतरण अनुमतिको पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले निगमसँगको दूरी एक हजार फिटबाट दुई सय फिटनजिक बनाएपछि दुर्घटनाको सम्भावना बढ्न पुगेको थियो ।

अनुमति र बिना कुनै जानकारी एक्कासि कतार एयरवेजको जहाज १२ हजार आठ सय फिटमा आएपछि निगमको ट्राफिक कोलिजन एभोडेन्स सिस्टम (टिकास) मा अलर्ट आएको र निगमका पाइलटले एटीसीलाई रिपोर्ट गरेपछि कतारले जहाज थप उचाइमा लगेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स