Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

चिसंखुगढीमा भीरबाट खस्यो बोलेरो : २ को मृत्यु, ९ जना गम्भीर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २१
चिसंखुगढीमा भीरबाट खस्यो बोलेरो : २ को मृत्यु, ९ जना गम्भीर

काठमाडौं । ओखलढुंगाको चिसंखुगढीमा भीरबाट बोलेरो खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् ।

चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जाँदै गरेको १ ज ८४७३ नम्बरको बोलेरो आइतबार बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मृत्यु हुनेमा मिनबहादुर श्रेष्ठ र भक्त बहादुर थापा रहेका छन् । गम्भीर घाइते सबैलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु बाकेका कारण उकालोमा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घाइते अधिकांशको टाउकोमा चोट लागेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स