पोखराको फेवातालमा डुङ्गा पल्टिदा एकको मृत्यु
जानकारी केन्द्र
२०७९, फाल्गुन, २१
काठमाडौँ । पोखराको फेवातालमा हिजो दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु भएको छ। हिजा दिउँसो एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो । पोखरा महानगरपालिका १ बगरको एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
सबैले लाईफ ज्याकेट लगाए पनि वृद्धालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको प्रहरीको भनाई छ । छ जना बेपत्ता भएकोमा ५ जनाको सकुशल उद्धार गरिएको हो भने एक जनालाई बेहोस अबस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
वृद्धा महिलालाई बेहोस् अवस्थामा उद्धार गरि गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


