बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु
काठमाडौं । आज माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटरमा सुरु भएको छ । केहिबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा कुराकानी हुने बताइएको छ। सर्वोच्च आदलतले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन वर्ष पहिला सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरुको बैठक पहिलो पटक संयुक्त रुपमा बसेको हो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी नेताहरु मातृका यादव, महिन्द्र राय यादव, कृष्णबहादुर महरा, देव गुरुङ लगायत सहभागी रहेका छन् ।
केही दिनअघि भएको एक कार्यक्रममा पनि माओवादी धारका नेताहरुले प्रधानमन्त्रीबिरुद्धको मुद्दामा माओवादी चुप लागेर नबस्ने चेतावनी दिइसकेका छन् ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


