प्रचण्डलाई २५ गते अदालतमा हाजिर हुन आदेश, तारेख पर्चामा के छ ?
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फागुन २५ गते अदालतमा हाजिर हुन आदेश दिएको छ । आज (मंगलबार) मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको थियो । उक्त मुद्दाको पेशी भने फागुन २५ गतेलाई तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् ।
२०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको त्यही अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।
यता, माओवादी र पूर्व माओवादीहरु एकजुट भएर संक्रमणकालिन मुद्दा शान्तिसम्झौता अनुसार टुँगो लगाउनुपर्ने बताएका छन् । आजमात्रै माओवादी विचारधाराका ८ दलको बैठक बालुवाटारमा बसेको थियो । सर्वोच्च अदालतबाट खडा गरिएको तारेख पर्चामा भनिएको छ–‘२०७९ साल फागुन २५ गते दिनको १० बजे पेशी तारेखमा यस अदालतमा हाजिर हुन आउनुहोला ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


