Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रचण्ड विरूद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २५
प्रचण्ड विरूद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतको वेबसाइटका अनुसार श्रेष्ठको इजलासमा आज चौथो नम्बरमा यो रिट छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार प्रचण्डविरूद्ध दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो।

अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन्। यस अघि गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स