काठमाडौंमा दिउँसो १/ २ बजेपछि पानी पर्ने
काठमाडौं । आज दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा हुन सक्ने जनाएको छ । काठमाडौंमा दिउँसो १र२ बजेपछि पानी पर्ने सम्भावना रहेको छ । दिनभर पानी निरन्तर पर्दैन । केही समय परेर रोकिने हुन्छ ।
अहिले प्रिमनसुनको समय भएको र यो अवधिमा अपराह्नतिर पानी पर्ने सम्भावना रहेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले यूएईसित प्रतिस्पर्धा गर्नेछ । जसमा नेपाललाई जितको विकल्प छैन । तर, काठमाडौंमा अपराह्नमा क्षणिक वर्षा हुने देखिन्छ ।
काठमाडौंमा आज ठूलो हावाहुरी चल्ने सम्भावना भने रहेको छैन । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक दुई स्थानमा अपराह्नतिर मेघगर्जन, चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


