नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा को कोसँग गर्नेछ प्रतिस्पर्धा ?
काठमाडौं । विश्वकप लिग २ को अन्तिम खेलमा बिहिबार यूएईलाई डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ ।
यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुग्न सफल रह्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली विश्वकप छनोटमा पुग्ने प्रावधान थियो ।
आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा १० टोली सहभागी हुनेछन् । त्यहाँ आईसीसीका १२ पूर्ण सदस्य र नेदरल्यान्ड्सले खेलिरहेको सुपर लिगका अन्तिम ५ टोली रहने छन् ।
तीमध्ये नेदरल्यान्ड्स र जिम्बावेले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । विश्वकप छनोटमा विश्वकप लिग–२ बाट नेपाल, ओमान र स्कटल्यान्ड पुगेका छन् । अब बाँकी दुई टोलीको टुंगो विश्वकपको विश्वस्तरको छनोटका लागि हुने प्ले अफबाट लाग्ने छ ।
प्ले अफमा विश्वकप लिग २ का अन्तिम ४ टोलीहरु नामिबिया, अमेरिका, यूएई र पीएनजी तथा च्यालेन्ज लिगका शीर्ष दुई टोली जर्सी र क्यानडा भिड्नेछन् । त्यहाँबाट दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । विश्वकप छनोटबाट भने केवल दुई टोली मात्र विश्वकपमा पुग्ने छन् ।
विश्वकप छनोटमा सहभागी १० टोलीलाई पहिलो चरणमा दुई वटा समूहमा विभाजन गरिने छ । समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष २ स्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
विश्वकपमा सोझै छनोट भएका ७ टोली तय भइसकेको छ । भारत, न्युजिल्यान्ड, इङ्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान सोझै विश्वकपका लागि छनोट भइसकेका छन् ।
अब वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोली सोझै छनोट हुने छ । तीमध्ये बाँकी तीन टोलीले विश्वकप छनोट खेल्नुपर्ने छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


