नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी
मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी (3rd Nepal 5P International Expo 2023) यहि २०७९, चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना गर्न गइरहेको कुरा अवगत गराउन चाहन्छौ । यस आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन्।
नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।
उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।
यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।
यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।
“सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ”, नेपाल फाईभ पि एक्स्पो का आयोजकले दावि गरेका छन् ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


