विराटनगरमा प्रहरीद्वारा अश्रुग्यास प्रहार, मुख्यमन्त्रीको पुतला दहन
विराटनगर । कोसी प्रदेश नाम खारेज गर्नुपर्ने मागसहित आज विराटनगरमा गरिएको प्रदर्शन तनावग्रस्त बनेको छ । प्रदर्शनका क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् ।
पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्रचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयछेउ रोडशेषमा प्रदर्शनकारी पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो । निषेधाज्ञा उल्लंघन गरिएपछि अश्रुग्यास प्रहार गरिएको हो । प्रहरीले केही राउन्ड हवाईफायर समेत गरेको प्रदर्शनमा सहभागीको जिकिर छ ।
प्रदर्शनमा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायत नेताले सम्बोधन गर्ने तय थियो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अशोक चेम्जोङले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको बताए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


