Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

दलीत समुदायका छोराछोरीले हातमा बन्दुक नबोकेको भए परिवर्तन सम्भव थिएन : प्रधानमन्त्री प्रचण्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, ७
दलीत समुदायका छोराछोरीले हातमा बन्दुक नबोकेको भए परिवर्तन सम्भव थिएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलीत समुदायका छोराछोरीले जनयुद्धमा हातमा बन्दुक नबोकेको भए यो परिवर्तन सम्भव नभएको बताएका छन्।

काठमाडौंमा आयोजित ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले दलीत समुदायका छोराछोरीले जनयुद्धमा हातमा बन्दुक नबोकेको भए यो परिवर्तन सम्भव नभएको बताएका हुन्।

उनले भने, ‘नेपालमा जनयुद्धको ऐतिहासिक पहल हुँदैनथ्यो। जनयुद्धमा हातमा बन्दुक लिएर दलीत समुदायका छोराछोरी अगाडि आउँदैनथे र बलिदानको कोटा चुक्ता गर्दैनथे भने आज हामी संवैधानिक र कानूनीरुपले जुन अधिकारको कुरा गर्छौँ। त्यो सम्भव थिएन।’

naima expoTop Changing Nepal

युट्युब सट्स