रश्मिका मन्डन्नादेखि सामन्थासम्म यी अभिनेत्री कमाउँछन् करोडौं, कोसँग कति छ सम्पत्ति ?
एजेन्सी । रश्मिका मन्डन्नादेखि समन्था रुथ प्रभुसम्म, दक्षिण फिल्म उद्योगका धेरै अभिनेत्रीहरूले बलिउड र वेब सिरिजमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । तमिल र तेलुगु सिने प्रेमीहरू बाहेक यी अभिनेत्रीका धेरै फ्यानहरू छन् । करोडौंको मनमा राज गर्ने यी अभिनेत्रीको पारिश्रमिक र सम्पत्ति पनि करोडौंमा छ ।
रश्मिका मन्डन्ना
चलचित्र पुष्पा लगायत साउथ र बलिउड चलचित्रमा काम गरिसकेकी अभिनेत्री रश्मिका मन्डन्नाको करिब ४५ देखि ५० करोड रुपैयाँ सम्पत्ति छ । मिडिया रिपोर्टका अनुसार रश्मिकाले प्रत्येक फिल्मका लागि ४ देखि ६ करोड भारु लिन्छिन् ।
सामन्था रुथ प्रभु
वेब सिरिज ‘द फ्यामिली म्यान’ लगायत साउथका कैयौं फिल्ममा आफ्नो अभिनयबाट गहिरो छाप छोडेकी अभिनेत्री सामन्था रुथ प्रभुको कुल सम्पत्ति ८९ करोड रुपैयाँ रहेको बताइएको छ । सामन्था रुथले प्रति फिल्म ३ देखि ५ करोड भारु लिन्छिन् ।
नयनतारा
तमिल, तेलुगु र मलायालम फिल्ममा काम गरिसकेकी नयनताराको कुल सम्पत्ति १६५ करोड रुपैयाँ छ। उनी हरेक फिल्मका लागि १० देखि १२ करोड भारु लिन्छिन् ।
तमन्ना भाटिया
‘बाहुबली’देखि बलिउड फिल्मसम्म आफ्नो अभिनय क्षमता देखाउने अभिनेत्री तमन्ना भाटियाको कुल सम्पत्ति ११० करोड रुपैयाँ छ । तमन्नाले एउटा फिल्मका लागि ५ देखि ६ करोड भारु लिने र ब्राण्ड प्रमोशन पनि गर्ने गरेको बताइएको छ ।
रकुल प्रीत सिंह
साउथका फिल्मसँगै बलिउड फिल्ममा पनि धमाकेदार अभिनय गरिरहेकी रकुल प्रीत सिंहले एउटा फिल्मका लागि ३ देखि ५ करोड भारु लिन्छिन् भने उनको नेटवर्थ ४५ देखि ५० करोड रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


