Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुदन किराँती भन्छन्-  मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएँ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १३
सुदन किराँती भन्छन्-  मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएँ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन् ।

काठमाडौंमा अमिन नेशनल म्युजिक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए ।

उनले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुनजस्तो भएको बताए । मन्त्री किराँतीले मानिसको प्राचिन विधा गीत संगीत रहेको बताए ।

मन्त्री किराँतीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरुको तुलनामा झनै बढी प्रेमिल हुने बताए । उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए ।

naima expoTop Changing Nepal

युट्युब सट्स