सरकार र मिटरव्याजी पीडित पक्षबीच वार्ता हुँदै
जानकारी केन्द्र
२०७९, चैत्र, १६
काठमाडौँ । सरकार र मिटर ब्याजी पीडित पक्षबीच वार्ता हुने भएको छ। गृहमन्त्रालयको अग्रसरतामा आन्दोलनरत पक्षबीच वार्ता हुन लागेको हो। पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ताले ठोस निष्कर्ष निस्कने मन्त्रालयले जनाएको छ।
वार्तामा मिटर व्याज पीडितका तर्फबाट संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव सहभागगी हुनेछन्। सरकारी पक्षबाट गृहमन्त्रालयका अधिकारीहरु रहनेछन्।
सरकारसँग भएको पूर्वसहमतिअनुसार आफूले न्याय नपाएको भन्दै पीडितहरु दुई हप्ता हिँडेर काठमाडौँ आएका पीडितहरुले आन्दोलन गरिरहेका छन्। सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ संशोधन गर्ने निर्णय गरेको छ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

