Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्रपति पौडेल बिरामी, टिचिङको चिकित्सकीय निगरानी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १९
राष्ट्रपति पौडेल बिरामी, टिचिङको चिकित्सकीय निगरानी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। छाती तथा पेटको समस्या‍बाट ग्रस्त भएपछि शनिबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका राष्ट्रपति पौडेल सघन चिकित्सकीय निगरानीमा छन्।

पेट फुल्नुका साथै छातीमा पानी भरिएको र बढी असहज महसुस हुन थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो। शुक्रबार नयाँ मन्त्रीहरूलाई सपथ दिलाउनुपूर्व नै उनको असहजता महसुस गरेका थिए। तत्काल चिकित्सकद्वारा जाँच र आवश्यक इन्जेक्सन लिएको दुई घण्टामा उनी शपथ ग्रहण गराउन उपस्थित भएका थिए।

त्यसको एक दिनअघि गरिएको रक्त परीक्षणपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना हुनुपर्ने सुझाव डाक्टरले दिएका थिए उनलाई टिचिङ अस्पतालको भिभिआइपी कक्ष ६०१ मा राखिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स