बारा–२ मा उपेन्द्रलाई गठबन्धनका ५ दलको समर्थन
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आगामी उपनिर्वाचनमा सत्ता गठबन्धनका पाँच दलको समर्थन हुने भएको छ । उपेन्द्रलाई आफ्नो पार्टी जसपा, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा समर्थन गरेका हुन् । बारा–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने कार्यतालिका रहेको छ । सोही अनुसार हिजो (सोमबार)
मनोनयन दर्तासमेत भइसकेको छ ।
बारा– २ मा उपेन्द्रलाई सत्ता गठबन्धनका पाँच दलको समर्थन रहेको जसपा केन्द्रीय प्रचार विगाभ प्रमुख पूर्ण बस्नेतले बताए । रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै उनले भने– ‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ । गठबन्धनको संयुक्त समर्थनसहितको विज्ञप्ति पनि निस्कने सम्भावना छ । सबै दलले औपचारिक रुपमा उहाँ (उपेन्द्र यादव) लाई समर्थन गर्ने भनेर निर्णय गरिसकेका छन् ।’गत संसिर ४ मा भएको निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


