आतङ्कवादीसँगको झडपमा चार जना प्रहरी मारिए
इस्लामावाद । दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् ।
प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादीहरूबारे गुप्तचर सूचना पाएपछि खोजी अभियान चलाइरहेका क्वेटा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।
हिजो सोमबार सोही शहरमा भएका दुई वटा विष्फोटमा चार जनाको ज्यान गएको र १९ जना घाइते भएपछि प्रहरीले आतङ्कवादीविरुद्ध खोजी अभियान थालेको थियो । आतङ्वादीले प्रहरीका सवारी साधनलाई लक्ष्य गरी बम बिछ्याएका थिए । उक्त घटनामा घाइते भएकामा अधिकांश सर्वसाधारण पैदलयात्री छन् । आक्रमणमो जिम्मेवारी प्रतिबन्धितत बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


