Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै सुशिल र शिखर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, २०
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै सुशिल र शिखर

काठमाडौं । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टीलीको विदाई गरिएको छ । नेपाल कराते महासंघका महासचिव दावा गुरुङले २ खेलाडीसहितको ३ सदस्यीय नेपाली टोलीको विदाई गरेका हुन् ।

टोलीको प्रशिक्षकमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ तथा खेलाडीमा सुशिल पौडेल र शिखर श्रेष्ठ रहेका छन् । प्रतियोगिता आगामी मे ५ देखि ७ सम्म अस्ट्रेलियाको गोल्डकोस्ट स्पोर्टस सेन्टरमा हुनेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स