Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पूर्वमन्त्री टोपबहादुरलाई पक्रन प्रहरी ‘हाइ अलर्ट’मा, सन्दीपलाई अदालतमा पेश गरिँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, २१
पूर्वमन्त्री टोपबहादुरलाई पक्रन प्रहरी ‘हाइ अलर्ट’मा, सन्दीपलाई अदालतमा पेश गरिँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा बुटवलबाट पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएको छ ।

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्नका लागि ‘हाइ अलर्ट’ रहेको पनि जनाइएको छ ।

रायमाझी बुधबार अर्घाखाँचीमा आयोजित एउटा कार्यक्रममा सहभागी भएयता मोबाइल अफ गरेर सम्पर्कविहीन रहेका छन् । उनी छोरा सन्दीप पक्राउ परेपछि मोबाइल अफ गरेर ‘फरार’ भएको जनाइएको छ ।

यसअघि प्रहरीले उनीहरू बाबुछोराका साथै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी लिइसकेको छ । पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स