प्रधानमन्त्रीलाई रविको डेडलाइन साँझ ५ बजे : यो बीचमा के गर्लान् प्रचण्डले ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा समर्थनबारे निर्णायक छलफल गर्न बैठक बोलाएको छ।
रास्वपा सभापति रवि लामिछानेले सोबारे छलफल गर्न आज (शुक्रबार) साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन्।
सो बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने वा नराख्ने र सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णायक छलफल गर्ने पार्टी सचिवालयले जनाएको छ।
हालसम्म रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राखेको छ। यसैबीच उपनिर्वाचनमा चितवनबाट विजय भएका पार्टी सभापति रविले प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि पटकपटक भेट गरिसकेका छन्।
यसैबीच विपक्षी दलका नेता ओलीले रविलाई प्रधानमन्त्रीका लागि अफर गरेको प्रस्तावले बजार तताइरहँदा प्रधानमन्त्री र सत्ता गठबन्धनको एक प्रमुख घटक एकीकृत समाजवादीका अध्यक्षले रास्वपालाई सरकारमा ल्याउनुपर्ने बताइराखेका छन्।
प्रधानमन्त्री प्रचण्डले पनि उनलाई समर्थन कायम राख्न र सरकारमा आउन आग्रह गरिसकेका छन्। तर, सभापति रविले प्रचण्डसामु आफूलाई पुरानै मन्त्रालय दिए सरकारमा आउनसक्ने सम्भावना रहेको आशय व्यक्त गरेका थिए।
सो बारे सत्ता गठबन्धनमा छलफल नहुँदा ठोस निर्णय केही हुन सकेको छैन।
आजै रास्वपाको अन्तिम समय ५ बजे रहँदा प्रधानमन्त्री प्रचण्ड यतिबेला एक कार्यक्रमका लागि लुम्बिनीमा रहेका छन्। उनी काठमाडौं फर्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रमका साथै साँझ ५ बजे नै सत्ता गठबन्धनको पनि बैठक तय भएको छ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन वा समर्थनको निर्णय कायम राख्न कुन जाल बिच्छ्याउलान्रु यो देख्न भने साँझ ५ बजेकै रास्वपा डेडलाइन कुर्नुपर्ला।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

