कोभिड–१९सङ्कटकाल अन्त्य
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा गरेको छ ।
सङ्गठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको घोषणा गरेको हो । सङ्गठनको आपत्कालीन समितिको १५औँ बैठकले जनस्वास्थ्य सङ्कटकाल अन्त्यको घोषणा गर्न सिफारिस गरेको थियो । सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले समितिको उक्त सल्लाहलाई स्वीकार गरेको बताए । सङ्कटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको हो ।
स्वास्थ्य मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको जानकारी पाएको बताउनुभयो । सङ्गठनका अनुसार अब कोभिड–१९ ले ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’को प्रतिनिधित्व गर्दैन ।
कोभिड भाइरसको मृत्युदर जनवरी २०२१ मा प्रति साता एक लाखभन्दा बढी र २४ अप्रिलमा ३५ सयमा झरेको थियो । महानिर्देशक डा. टेड्रोसले कोभिड महामारीमा कम्तीमा ७० लाख मानिसको मृत्यु भएको बताए । सङ्गठनले पहिलो पटक जनवरी २०२० मा कोभिडलाई विश्वप्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

