बेपत्ता पराजुली मृत फेला
ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मानसिकरुपमा सामान्य अस्वस्थ रहेका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किएका पराजुली उक्त समयदेखि नै बेपत्ता भएको थियो । पिसाब फेर्न निस्किएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो ।
झापाबाट गत १९ गते श्रीमति, छोरा, बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीस्थित होटलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ जाएको थियो । पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


