गृहमन्त्री श्रेष्ठको उद्घोष : भ्रष्टाचारीलाई छोड्दिनँ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा हाईप्रोफाईलहरुको नाम मुछिएको छ। यस्तोमा नेताहरुले दबाब दिएर उनीहरुलाई उन्मुक्ति दिन लागेको त होईन भन्ने चर्चा चलिरहेको बेलामा गृहमन्त्री श्रेष्ठले भने कुनैपनि हालतमा दोषीलाई उम्कन नदिने चेतावनी दिएका हुन् ।
आज (बुधबार) काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले कमिसन र भ्रष्टाचारले देश जर्जर बनेको पनि टिप्पणी गरे । उनले भने–‘कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न म पछि हट्दिनँ ।’ हाम्रो देशमा अरू थुप्रै समस्याहरू छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ। कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ।’
सो क्रममा उनले परिवार पाल्नको लागि विदेशिएका ३० लाख नेपालीहरुलाई स्वदेशमै रोजगारी दिनेगरि काम थालिएको बताए । त्यसको लागि वर्तमान सरकारले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रूपमा उठाएको उनको भनाई छ । उनले भने,‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्। दोषीलाई जहाँ गएपनि छोड्दैनौं, यो हाम्रो प्रतिवद्धता हो।’
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


