डडेलधुरामा पखाला : एकको मृत्यु, १४८ जना प्रभावित
काठमाडौं । डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ ।
उक्त गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा यो रोगले प्रभावित भएको जनाएको छ ।
पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तगडा गाउँका पखालाबाट पीडित आठ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “झाडापखाला देखिएपछि यसको रोकथामका लागि पानी शुद्धिकरण गरेर उपभोग गर्ने व्यवस्था गर्न लागिएको छ, प्रभावित अन्य बिरामीको गाउँमै खटिएको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ ।”
यसबाहेक जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा परिचालन गरिएको छ । खानेपानीको मुहान प्रदूषित भएका कारण पखालाको समस्या देखिएको जनाइएको छ ।
खानेपानी प्रदूषित भएकाले पखाला फैलिएको जनाइएको छ । पखाला लागेमा लगातार पखाला लागिरहने, बान्ता आउने, ज्वरो आउने र शरीरमा पानीको मात्र कम भई (जलवियोजन) बिरामीको मृत्यु हुन सक्छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


