Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, ७
गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने

काठमाडौँ । शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरुप दिइने भएको छ ।

गुरुयोजना तयार भएपछि उद्यानलाई नयाँस्वरुप दिन रु छ करोड बजेटमा बोलपत्र आह्वान गरिएको उद्यान निर्माण समितिका अध्यक्ष शङ्कर तिवारीले जानकारी दिए । बागमती प्रदेश सरकारले उद्यान निर्माणका लागि बहुवर्षीय ठेक्का लगाएको छ । उद्यानलाई नयाँस्वरुप दिन बागमती प्रदेश सरकारका पूर्वसंस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सहयोग गरेको जनाईएको छ।

उद्यान निर्माणस्थलको पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र संविधानसभा सदस्य दीपकप्रसाद कुइकेल, बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँ, नगर प्रमुख रमेश नापित, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधिले अवलोकन गरी सहयोग गर्ने वचन दिएको उक्त समितिले जनाएको छ । रासस

naima expoTop Changing Nepal

युट्युब सट्स