पुल नहुँदा जोखिमपूर्ण यात्रा : स्कुल जान खोला तर्नुपर्ने बाध्यता
कपिलवस्तु ।बिहानको साढे नौ बजेको छ । हातमा किताब कापी बोकेका विद्यार्थी हात ठाडो पारेर किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो ।
चिरई खोलामा पुल नहुँदा दैनिक २ सय ६५ भन्दा बढी विद्यार्थी जोखिम मोलेरै विद्यालय आउजाउ गर्छन् । वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीमा अध्ययनरत विद्यार्थी वर्षाको उर्लंदो भेल होस् वा हिउँदको चिसो जोखिम मोलेर खोला वारपार गर्न विवश छन् ।
वरिपरि स्कुल र पुल नहुँदा खोला तर्नैपर्ने बाध्यता छ । गाउँपालिकाको दालपुर, नौरंगया, छुट्पाटी, खजानिया, उज्ज्वलपुरका बालबालिका दैनिक खोला नतरे स्कुल जान पाउँदैनन् । छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा जोखिम यात्रा गर्ने गरेको स्थानीयको भनाइ छ ।
कक्षा ६ मा अध्ययनरत विद्यार्थी बन्दना पालले खोला तर्दा समय लागेकै कारण कैयौंपटक कक्षामा समयमा उपस्थित हुन नसकेको बताइन् । खोला तर्दा कहिले काहीँ त किताब भिज्ने र बगाउने गरेको सुनाइन् ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


