Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

श्रीच्छा प्रधानलाई मिस नेपाल २०२३ को उपाधि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १५
श्रीच्छा प्रधानलाई मिस नेपाल २०२३ को उपाधि

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको थियो ।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षिया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिव्रिटीको बाक्लो उपस्थिती थियो । २४ जना सेमिफाइनलिस्ट सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्छ । यस वर्ष नयाँ मिस नेपाल आएपनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले नै सहभागिता जनाउने भएकी छन् ।

नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइने छ । यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा दुबईमा हुने भनिएपनि अहिले अनिश्चितकालका लागि रोकिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स