Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

मैले एक पैसा दुरुपयोग गरेको रहेछु भने हत्कडी लगाउनुस्ः झलनाथ खनाल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १८
मैले एक पैसा दुरुपयोग गरेको रहेछु भने हत्कडी लगाउनुस्ः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ मा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रतिष्ठानमा आफ्नो संलग्नता पुष्टि गर्नसमेत चुनौति दिए । उनले आफूबाट एक पैसा दुरुपयोग भएको पाईएमा हत्कडी लगाउनसमेत आग्रह गरे ।

‘मेरो संलग्नता भेटियो र मेरो तर्फबाट एक लाल पैसामात्रै दुरुपयोग भएको रहेछ भने मलाई अहिल्यै हत्कडी लगाउँदा हुन्छ । म चुनौतिका साथ भन्छु, यी साईबर स्यालहरु, यो देशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई म चुनौतिका साथ भन्न चाहन्छु, मेरो छानविन गर्नुहोस्,’– नेता खनालले भने ।

साथै, ढकाल थरका साइबर स्याल र केही ७ ८ जना केटाहरुले आफूविरुद्ध निरन्तर विरोध गरिरहेको उनको दाबी छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स