Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १९
नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य एकपछि अर्को नयाँ रेकर्ड राख्ने गरी बढेको छ । साप्ताहिक कारोबारको अन्तिम दिन आज शुक्रबार तोलामा ८०० रुपैयाँले बढेर सुनको मूल्य हाल सम्मकै महङ्गो भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ ।

गत बुधबार तोलामा १ हजार ५०० रुपैयाँले बढेपछि छापावाल सुन प्रतितोला १ लाख १२ हजार पुगेको थियो । त्यसपछि बिहिबार पनि सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो ।

बिहिबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४३५ रुपैयाँ पुगेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स