अस्थायी संरचनामा किबी जोगाउनै कठिन
बलेवा । काठेखोला गाउँपालिका–३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किबीका बिरुवा हुर्किरहेका छन् । चार वर्षअघि लगाएका बिरुवाले गत वर्षदेखि फल दिन थालेका हुन् ।
काठ र बाँसका अस्थायी खम्बामा हुर्किएका किबीका बिरुवाले पहिलो वर्ष फल्दा धान्न सकेनन् । गत वर्ष काठ र बाँसका खम्बा भाँचिएपछि बमबहादुरले फलामका खम्बाले बिरुवालाई आड दिने निधो गरे । उनले सोधखोज गर्दा फलामको खम्बा घामपानीमा खुल्ला ठाउँमा रहँदा लामो समय नटिक्ने थाहा पाए । अहिले बमबहादुर सिमेन्टको पक्की खम्बा बनाउने तयारीमा छन् ।
धम्जामा बमबहादुरलाई मात्रै यो समस्या परेको होइन । यहाँका अधिकांश किसानको पाखो बारीमा किबीका बिरुवा लगाइएका छन् । वनजङ्गल नजिकै भएकाले यहाँ काठ र बाँसको समस्या छैन् । काठ र बाँसका खम्बा भाँचिन थालेपछि किसान मर्कामा छन् । “किबी लगाउँदा पक्की खम्बा नभएसम्म लगाउन नहुँदो रहेछ, धेरै वर्ष फल्ने किबीलाई काठ र बाँसका खम्बा कामै नदिने रहेछन्”, बमबहादुरले भने, “पक्की खम्बा नभए फेरिरहनुपर्ने रहेछ ।”
किसानले समस्या ल्याउन थालेपछि वडा कार्यालयले किसानको बारीमा पक्की खम्बा कार्यक्रम ल्याएको छ । व्यावसायिक रुपमा किबीखेती गर्ने किसानका लागि पक्की पोल अनुदानमा दिने कार्यक्रम रहेको वडाध्यक्ष कुलबहादुर विकले बताए । वडाले अबका तीन वर्षमा तीन हजार पाँच सय किबीका बिरुवाले फल दिनथाल्ने बताएको छ ।
“हाम्रो योजनाअनुसार चालु आर्थिक वर्षमै एक सय ८५ पक्की खम्बा किसानलाई अनुदानमा उपलब्ध गराउने कार्यक्रम छ”, वडाध्यक्ष विकले भने, “आवश्यकताअनुसार खम्बा उपलब्ध गराउँदै जान्छौँ ।” चिसो मौसम रहेको धम्जामा किबी र दाँते ओखर राम्रो फल्ने गरेको छ । किबी र ओखरलाई प्रोत्साहन गरेर किसानलाई व्यावसायिक खेतीमा लगाइने विकले बताए । अहिले पनि यहाँका किसानले किबीको बिक्रीबाट समान्य घर खर्च चलाउन थालेका छन् ।
किबीको उत्पादन वृद्धिसँगै बजारीकरणको योजना वडासँग छ । फलको स्तरीकरण गर्ने, फुल फुल्ने बेलादेखि नै बोटमा स्तरीकरण गरेर दाना ठूलो फलाउने र प्रतिस्पर्धि बजारमा ल्याउने योजना वडाको छ । यहाँका किसानले अहिले फलिररहेको किबी भने स्थानीय बजारमै प्रतिकिलो रु तीनदेखि चार सयमा बिक्री गर्ने गरेका छन् ।
“एउटा बोटमा ५० किलोसम्म स्तरीय दाना फलाउन सकिँदो रहेछ”, वडाध्यक्ष विकले भने, “हामीले परिणाम पनि बढाउने र निर्यातका लागि बजारको व्यवस्था गर्ने योजनालाई अघि बढाएका छौँ ।” परम्परागत खेतीबाट फलफूल खेतीलाई व्यावसायिक बनाउने काम चुनौतीपूर्ण हुँदाहुँदै पनि परीक्षण भइरहेको उत्पादनबाट किसान सन्तुष्ट रहेको उनको भनाइ छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


