राजनीति भित्र प्रसस्त विकृति रहेको छ,त्यसलाई सफा गर्ने जिम्मेवारी हाम्रो हो : गृहमन्त्री नारायणकाजी श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजनीति भित्र प्रसस्त विकृति रहेको स्वीकार गर्दै त्यसलाई सफा गर्ने जिम्मेवारी आफूहरुको भएको बताएका छन् । हिजो आइतबार राजधानीमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघीय महासभा अभ्यास कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश सफा गर्न नसकिने बताए ।
उनले अहिलेको लोकतन्त्रमा पनि नागरिकका आवश्यकता पूर्ति हुन नसकेको स्वीकार गरे । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले राजनीतिबाट भागेर लोकतन्त्र र हालसम्मका राजनीतिक उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न युवाहरुलाई आग्रह गरे ।
गृहमन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेकोमा चिन्ता व्यक्त गरे ।
उनले विकास, विज्ञान र संस्कृतिलाई सँगसँगै अघि लानुपर्ने बताए । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशभरबाट छनौट भई आएका १६ देखि २४ वर्ष उमेर समूहका २०० जना युवाहरुले चारदिनसम्म राष्ट्रसंघको बैठकका एजेण्डा, कार्यविधि, कूटनीतिक आचरण र मर्यादा, विश्वका साझा सवाल, जलवायु परिवर्तन प्रतिकार्य आदि विषयमा बहस र अभ्यास गर्ने जानकारी दिए ।
कार्यक्रमलाई संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय प्रमुख हाना सिङ्गर होम्दी, विश्व वन्यजन्तु कोषका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ् लगायतले पनि शुभकामना दिएका थिए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


