प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच भेटवार्ता
जानकारी केन्द्र
२०८०, जेष्ठ, २९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । आज (सोमबारं) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको सहमतिलाई स्मरण गराएको छ । पूर्व सहमतिबाट सरकार पछाडि हट्न नमिल्ने उनीहरुको माग छ । प्रधानमन्त्रीसँगको भेटवार्तामा सुदूरपश्चिम प्रदेशको पुनः नामाङ्कन हुनुपर्ने विषयले समेत प्रवेश पाएको छ । भेटमा प्रधानमन्त्रीले पहिचानसहितको प्रदेश नामाङ्कनमा विचार गर्न सकिने वचन दिएको बताइएको छ ।
साथै, नाउपाले मुलुकभर देखा परिरहेको किसानको समस्यालाई बेलैमा सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकार्षण गराएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


