खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या
काठमाडौं । काठमाडौंको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका २३ ओमबहालमा गएराती भाइले दाइको हत्या गरेका हुन् । प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो ।
यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ । डीएसपी रिजालका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।
मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेका थिए । धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए ।
घटना बारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको हो । हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


