८३ वर्षको उमेरमा पिता बने अल पचिनो, २९ वर्षीया प्रेमिकाले जन्माइन् छोरा
एजेन्सी । हलिउड अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा चौथो सन्तानको पिता बनेका छन् । उनकी २९ वर्षकी प्रेमिकाले छोरालाई जन्म दिएकी छिन् । प्रेमिका अल्फालाहसँग पचिनोको यो पहिलो सन्तान हो । दम्पतीले बच्चाको नाम रोमन पचिनो राखेका छन् ।
अल पचिनोका तीन सन्तान छन् । यी सन्तान उनका पहिलो दुई श्रीमतीका हुन् । अल पचिनोसँग बेभर्ली डी’एन्जेलोबाट २२ वर्षीय जुम्ल्याहा, एन्टोन र ओलिभिया छन् । त्यस्तै अभिनय कोच जोन टारेन्टबाट उनको एक ३३ वर्षीया छोरी जुली मेरी छिन् ।
यो क्षण अल पचिनोका लागि धेरै विशेष
बाबु बनेपछि अल पचिनो निकै खुसी छन् । तपाईलाई बताइ दिउ पचिनोको प्रेमिका गर्भवती भएको खबर भर्खरै मिडियामा आएको थियो । जसको जवाफ दिँदै अल पचिनोले भने कि यो उनको लागि धेरै विशेष क्षण हो ।
मिडिया रिपोर्टका अनुसार नूर अल्फाल्लाहले गर्भावस्थाको कुरा अल पचिनोबाट ११ हप्तासम्म लुकाएर राखेकी थिइन् । यसको कारण बताइयो कि अल पचिनो र उनका बच्चाहरु यो उमेरमा पिता बन्न चाहँदैनन् ।
तर, पछि अल पचिनोले डीएनए परीक्षण गराए र खुसीसाथ यो बच्चालाई ग्रहण गरे । पचिनो र नूर पहिलो पटक भेनिसमा अप्रिल २०२२ मा एकअर्कालाई डेट गर्दै देखिएका थिए । त्यसपछि दुवैजना प्रायः आउटिङ र डिनरमा सँगै देखिन्थे । दुवै कोरोनाको समयदेखि नै एकअर्कालाई डेट गरिरहेका थिए ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


