ताप्लेजुङमा पहिरोले घर बगायो, एकै परिवारका ३ जनासहित ४ जना बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । पहिरोमा परि यादव बुढाक्षेत्रीको तीन जनाको परिवार र छिमेकी गणेश तामाङ सम्पर्कविहीन भएका हुन् ।
यादव काम विशेषले पेदाङ गएका थिए । घरमा उनको आमा, श्रीमती र छोरी रहेको जनाइएको छ । दुई खोलाको बीचमा घर भएका गणेशले पानी पर्न थालेपछि बाबुआमालाई खोलो तारेर सुरक्षित ठाउँमा पठाएका थिए । तर उनी भने सम्पर्कविहिन भएका हुन् ।
ताप्लेजुङबाट बाहिर जिल्ला जाने सडक अवरुद्ध भएकाले लामो तथा छोटो दूरीका यातायात चलेका छैनन् । पाँचथरको हेवाखोलाको पुल र माझीटारको पुल बगाएकोले पाँचथर, इलाम, झापा जाने यातायातका साधन चलेका छैनन् ।
दोभान बजारछेउको सडकसमेत मेवाखोलाले बगाएकोले जिल्लाभित्र पनि यातायात चल्न कठिन भएको छ । बुधबार बेलुकादेखिको वर्षा र कावेली नदीमा आएको बाढीका कारण सिरिजंगा गाउँपालिका–८ याम्फुदिनका पाँच सरकारी कार्यालयसहित १५ परिवार विस्थापित भएका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


