नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लो पटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प्रक्रियागत त्रुटि भएको उनले बताइन् ।
‘त्यो विधेयक बेठिक थियो, प्रमाणीकरण प्रक्रिया पनि बेठिक भयो । आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन । अर्काको प्रशंसा गरिरहनु पर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्यो ? बरु मरिन्छ, देशमाथि गद्दारी गरिन्न, मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन’, भण्डारीले शुक्रबार साँझ आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भनिन् ।
भण्डारीले नागरिकता विधेयक नयाँ सविधान अनुसार नआएको पनि दाबी गरिन् । ‘नयाँ संविधान अनुसार ल्याउनुपर्यो नि त, पुरानो संविधान अनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको हो । नयाँ संविधान २०७२ सालमा जारी भएको हो तर त्योभन्दा पहिलाको संविधान अनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको विधेयकलाई कसरी स्विकार्नु हुन्छ ?’ उनले भनिन्, ‘गर्न नहुने काम भएको छ ।’ नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


