मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोत्सव समारोह
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माको प्रमुख आतिथ्य र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंहको अध्यक्षतामा वार्षिकोत्वस कार्यक्रम सम्पन्न भएको हो ।
वीरेन्द्रनगर, सुर्खेत कुईनेपानी स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजित उक्त समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको समग्र विकास र उन्नयनका लागी दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको कुरा व्यक्त गरे ।
उनले कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालय विच थप सहकार्य गर्दै जाने कुरा उल्लेख गर्दै कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नु पर्ने बेला आएको बताए। यस पटक कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान र विकास कार्यक्रमका लागि सहयोग गर्ने भनि उल्लेख भएको समेत उनले जानकारी गराए ।
कार्यक्रममा उपकुलपति प्रा. डा. सिंहज्यूले मध्यपश्चिम विश्वविद्यालयको एकीकृत भीजन र विश्वविद्यालयको प्रगती विवरण प्रस्तुत गरे। उनले अबको विश्वविद्यालयहरुले संसारै भरी प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी उत्पादन गर्नु पर्ने र मध्यपश्चिम विश्वविद्यालय यस प्रति कटिबद्ध रहेको कुरा व्यक्त गर्दै कर्णाली प्रदेश सरकारले गरेको सहकार्य र सहयोग गर्ने प्रतिबद्दता प्रति धन्यवाद व्यक्त गरे ।

सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


