Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

समाजवादी मोर्चा : बालुवाटारमा बैठक, घोषणाको समय सर्‍यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, ४
समाजवादी मोर्चा : बालुवाटारमा बैठक, घोषणाको समय सर्‍यो

काठमाडौं । आज(सोमबार) हुने भनिएको समाजवादी मोर्चा घोषणा हुनु केही समय अगाडि मोर्चाको बैठक बसिरहेको छ।

घोषणा हुनुपूर्व प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहभागी रहेका छन्।

बैठकमा समाजवादी मोर्चालाई अन्तिमरूप दिने र हस्ताक्षर गर्ने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

यस्तै, आज ३ बजे हुने भनिएको घोषणा कार्यक्रम एक घण्टा ढिलो हुने भएको छ।

प्रधानमन्त्री प्रचण्ड बाढीग्रस्त क्षेत्रको अवलोकनमा जाने कार्यक्रम रहेको हुँदा घोषणा कार्यक्रम ४ बजेका लागि सरेको हो।

घोषणा कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुनेछ।

naima expoTop Changing Nepal

युट्युब सट्स