राजनीतिक यात्रा अत्यन्त सकारात्मक र उर्जावान भएको छः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा आफूले अत्यन्त सकारात्मक, उर्जावान र आशा र भरोसाको रुपमा पाएको बताएका छन् । पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यात्रा सुरुवात गर्दाखेरी नै विश्वास भएपनि उक्त विश्वास मतमा बदलिने कुरामा हेक्का नरहेको उनले बताए ।
‘अन्तन्त सकारात्मक, अत्यन्त उर्जावान र नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको यात्राको रुपमा मैले पाएको छु । सुरुवात गर्दाखेरी हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको हेक्का थिएन,’– उनले भने ।
समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी विभिन्न माध्यमबाट पाए पनि साच्चै नै समाज परिवर्तनका लागि तयार नै भएको कुरा निर्वाचनले पुष्टि गरेको उनको दाबी छ ।
‘समाज परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने कुराको स्पष्ट संकेत हाम्रो भाषामा घण्टी बजिनै सकेको छ । यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको छु,’– उनले भने ।
आम नागरिकसम्म पुगेर पार्टीका एजेण्डाबारे स्पष्ट पार्नु अहिले आफूले चुनौतिको रुपमा हेरेको पनि उनले बताए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


