Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

गृहमन्त्री श्रेष्ठले गरे रविको प्रशंसा,समर्थनमा ठोके रास्वपा सांसदले टेबल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १०
गृहमन्त्री श्रेष्ठले गरे रविको प्रशंसा,समर्थनमा ठोके रास्वपा सांसदले टेबल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् ।

आइतवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिन रोष्टममा उभिएका श्रेष्ठले लामिछानेले गृहमन्त्री रहँदा सरुवा बढुवाको कार्यमा कोही कसैको दवावमा नपरेर कानून बमोजिम आफ्नो अधिकार प्रयोग गरेको भन्दै धन्यवाद दिँदै प्रशंसा गरेका थिए ।

मन्त्री श्रेष्ठले भने– ‘म भन्दा ठीक अगाडि गृहमन्त्रालयको कार्यभार सम्हाल्नुभएका माननीय सदस्यलाई पनि धन्यवाद दिन चाहन्छु । मैले बुझे अनुसार पदस्थापन र सरुवाजस्ता विषयहरुमा उहाँले पनि एउटा निश्चित मापदण्डका आधारमा काम अगाडि बढाउने दवाव र चलखेललाई भूमिका खेल्न नदिने स्थिति कायम गर्नुभएको थियो । सहिलाई सहि भन्नुपर्छ हामीले उहाँले त्यो संस्कृति देखाउनुभएको थियो । त्यसका निम्ति म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

गृहमन्त्री श्रेष्ठले प्रशंसा गरेर बोलिरहँदा रवि लामिछाने र रास्वपाका सांसदहरुले समर्थनमा टेबल ठोकेका थिए ।

श्रेष्ठ गृहमन्त्री हुनु भन्दा अगाडी रास्वपाका सभापति लाछिाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । अदालतले नागरिकता विवादमा उनको सांसद पद खारेज गरेपछि उनी मन्त्रीबाट बाहिरिएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स