Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

काठमाडौं महानगरले आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १०
काठमाडौं महानगरले आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षबाट आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले सो जानकारी गराएकी हुन् ।

महानगरपालिकाले टेलिभिजिन सञ्चालन गर्न रु ५ करोड बजेट विनियोजन गरेको पनि उपप्रमुख डंगोलले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

यसअघि महानगरले एफएम रेडियो सञ्चालन गरिरहेको थियो अब भने टेलिभिजन नै सञ्चालनमा ल्याउने भएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स