बजेटसँगै खुसी बाँडियो भन्ने लागेको थियो, दुःख पो बाँडिएछ, सबै रिसाएका छन्ः मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासको मोडालिटी सच्याउन आवश्यक रहेको बताएका छन् । उनले आज (सोमबार) बजेटमाथि उठेको प्रश्नको संसद्मा जवाफ अहिलेको विकासको मोडालिडी सच्याउन आवश्यक रहेको बताएका हुन् । आफूले बजेटसँगै सुख बाँडियो भन्ने लागेपनि योजना परेको ठाउँमा बजेट कम भएर र योजन नपरेका ठाउँमा योजन परेन भनेर धेरै जनता रिसाएको उनले बताए । केन्द्र सरकारले विकट जिल्लामा पनि पाँच, दश लाखको बजेट विनियोजन गर्दा त्यसले विकासमा कुनै प्रगति हुन नसकेको उनले बताए ।
‘बजेटसँगै खुसी पनि बाँडियो भन्ने म आफैंलाई लागेको थियो । तर, बजेटसँगै दुःख बाँडिएछ । जहाँ योजना पर्यो त्यहाँ बजेट कम भएर साथीहरु रिसाउनु भएको छ । जहाँ योजना नै परेन त्यहाँ खुसी हुने कुरै भएन । झनधेरै दुःखी हुनु भएको छ । सबै साथीहरुको भावना दुखेको देखेर झन हामी महादुःखी भएका छौं । विकासको मोडालिटी हामीले सच्याउनै पर्छ,’– उनले भने ।
संघीयताको मर्म र भावना अनुसार योजनाको वर्गीकरण र प्राथामिकीकरण हुनुपर्ने उनको भनाई छ । भावी पुस्ताले गौरव गर्न लायक सम्पदा छोड्ने हो भने आजैदेखि काम सुरु गर्नुको विकल्प नरहेको उनले बताए । नेपालको संस्कृति र पर्यटनको समायोजनबाट आजको नेपाली पर्यटनको विकास गर्नु पर्ने उनको भनाई छ । संसारको ठूलो देशका अगाडि भूगोलमा नेपाल सानो भएपनि आफूहरु भाषा र संस्कृतिमा धनी रहेको र त्यसमार्फत संस्कृतिक गाउँ, नेपाली मौलिकतामा आधारित पर्यटन विकास गर्न आवश्यक रहेको उनले बताए । बजेटको सीमाको कारणले नीति तथा कार्यक्रम अनुसार चल्न अप्ठ्यारो रहेको पनि उनले बताए ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


