प्रचण्ड ‘फेल’ भइसके, अब कांग्रेस र एमाले मिलेर जानुपर्छ : सांसद राई
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भइसकेको आरोप लगाएका छन् ।
‘प्रचण्ड फेल भैसक्नुभयो । उहाँले मुलुक बनाउन सक्नुहुन्न । यो सरकारबाट मुलुक बनाउन सम्भव छैन । त्यसकारण ठूला पार्टीहरु मिलेर जानुपर्छ भनेर एमाले र कांग्रेसबीच संवाद हुनु स्वाभाविक हो । त्यो जहिले पनि हुन्छ । तर एमाले तत्काल सरकार ढाल्ने काममा लागेको छैन । बाहिर आएको हल्ला मात्र हो । कुरा त्यति पर पुगिसकेको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
बजेटमा जनतालाई उत्साह दिन नसक्ने सरकार अक्षम हो भन्ने पार्टीको निष्कर्ष रहेको राईले बताए । उनले थपे, ‘यो बजेटमा सुशासन र रोजगारीको दृष्टिकोण नै आएन । यसले नेपालको आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्दैन । मुलुकको बजेट गोरखा, नुवाकोट र डडेल्धुरामा मात्र राखेर हुन्छ ? यसलाई पुनर्लेखन गरेर जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
पशुपतिमा जलहरी लगायत कुनै पनि भ्रष्टाचारको छानबिन गर्न एमालेले अवरोध नगरेको सांसद राईको जिकिर छ । उनले भने, ‘कसैले आरोप लगाएर मात्र हुँदैन, पुष्टि गर्न सक्नुपर् यो नि । पशुपतिको जलहरी प्रकरण अख्तियारले हेरिरहेको छ । संसदीय समिति बनाएर जानुपर्ने कुरा उठेको छ । यसमा निष्कर्ष आइसकेको छैन ।’
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


