Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

विवाहमण्डपमै बेहुलाले ५० लाख दाइजो मागेपछि …

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १३
विवाहमण्डपमै बेहुलाले ५० लाख दाइजो मागेपछि …

काठमाडौं । मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने निर्णय गरेका बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी दुहवी नगरपालिका ६ स्थायी घर भएका र हाल काठमाडौं महानगरपालिका १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रौनियार अमेरिकी ग्रीन कार्ड प्राप्त व्यक्ति हुन् । नक्सालस्थित लिसरा रिसेप्शन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले विवाहमा आफूहरूले मागेजति दाइजो नदिएको र जन्तीलाई राम्रो स्वागत समेत नगरेको भन्दै विवाद गरेको थियो ।

यस्तै रौनियारले ५० लाख रुपैयाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएर बसेको र बेहुलीलाई समेत गाली बेइज्जती र हातपात गरेको अवस्थामा प्रहरी वृत्त मालीगाउँको प्रहरी अधिकृतको टोलीले रौनियारलाई पक्राउ गरेको हो ।

उक्त विवाहमा बेहुला पक्षले विवाह खर्च बापत पटक पटक गरी २२ लाख रुपैयाँ लगिसकेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स